आँचलको साथी बन्न खोज्दै आकाश ( गीत )

फिल्मी फण्डा । आगामी जेठ ११ गते बाट रिलिज हुने फिल्म ब्ल्याकको दोस्रो गीत सार्वजनिक भएको छ । “ पल पल हरपल “ बोलको गीतमा आकाश र आँचलको जोडीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । फिल्म युनिटले आइतबार राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा सुगम पोखरेलको स्वर रहेको छ भने डा. कविराज बान्टवाको शब्द र महेश खड्काको संगीत रहेको छ ।
आश्मा पाण्डे निर्मात्री रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, प्रदिप श्रेष्ठको निर्देशन, महेश खड्का र प्रतिक पौडेलको संगीत, चन्द्र पन्तको द्वन्द्ध, रामजी लामिछानेको कोरियोग्रफी र अर्जुन जि.सीको सम्पादन रहेको छ । फिल्ममा आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलकारहरुको अभिनय रहेको छ । एक्सन लभस्टोरी जनरामा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता चेतन कुमार पाण्डे हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस