“ एक दो तीन “को पूरा भिडीयो सार्वजनिक ( गीत )

फिल्मी फण्डा । अहिले फिल्म बाघी २ को चर्चा जताततै रहेको छ । फिल्मले बलिउड बक्स अफिसको कुराले बलिउड सिने नगरीमा एक प्रकारको गर्माहत पैदा गरिरहेको छ । फिल्म रिलिजपछि ‘बाघी २’को “ एक दो तीन “ बोलको गीतको पूरा भिडीयो सार्वजनिक भएको छ ।
माधुरीको यादहरुमा ठेस लागेको भन्दै पछिल्लो समय निकै नै कन्ट्रभर्सिमा रहेको उक्त गीतमा श्रेया घोसालको स्वर, लक्ष्मीकान्त प्यारेलालको संगीत, जावेद अख्तरको शब्द रहेको छ । उक्त गीतको ओर्जिनल भिडीयोमा माधुरीले कम्मर मर्काएकी थिईन् भने रिमेक भर्सनमा ज्याकलीनले कम्मर मर्काएकी छिन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस