फिल्म ‘हैरान’को फस्टलुक पोष्टर सार्वजनिक

फिल्मी फन्डा । फिल्म हैरान जेष्ठ ४ गते देखि देशभर प्रर्दशनमा आउदै छ । राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै फिल्म हैरानको फस्टलुक अन्तर्गत पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मको सम्पूर्ण पात्रको लुक्स र फिल्मको थिम प्रस्ट्याउने कोसिस गरिएको छ । विश्वका कान्छा निर्देशक सौगत विष्टले निर्देशन गरेका हुन ।
विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार फिल्मलाई कमेडी जनरामा तयार पारिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लियर आउने तयारी गरिरहेका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा गीत लेख्नसँगै यसको कास्टिङ निर्देशन शान्तिप्रियले गरेका हुन् । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् ।
फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ । कार्यक्रममा फिल्मका कलाकारहरु सरोज खनालसँगै सत्यराज आचार्य , गजित विष्ट , सागर लम्साल ’बले’ , निश्मा घिमिरे , निर्मल शर्मा , आरोही शर्मा , एन्जल राई , पुस्कर रेग्मी लगायत उपस्थित थिए । फिल्ममा बुद्धि तामाङ, वसिम राजाको पनि अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस