बन्ने होइन त हिमालय रोडिज २, यी ठाँउहरुबाट सुरु हुदैँ छ अडिसन

फिल्मी फण्डा । हिमालय रोडिजको पहिलो सस्ंकरणले ठूलो सफलता हात पारेपछि हिमालय रोडिजको नयाँ सस्ंकरण आउने भएको छ । रोडिज युनिटले काठमाडौंको सोल्टि क्राउन प्लाजामा एक कार्यक्रमको आयोजना गर्दै हिमालय रोडिज २ को अफिसियल घोषणा गरेका हुन् । एम. टि. भी इन्डियाको सबैभन्दा लोकप्रिय कार्यक्रम हो हिमालय रोडिज । र उक्त कार्यक्रम पहिलो सस्ंकरणले नेपालमा पनि उतिकै साथ र माया पाएको थियो । उत्तिकै माया र साथको अपेक्षा गर्दै पुरानै टिम रही उक्त कार्यक्रमको दोश्रो सस्ंकरण ल्याउन लागिएको हो ।
वाइल्ड वाइल्ड वेष्ट नारा सहित हिमालय रोडिज युनिटले पहिले अडिसन इटहरीबाट सुरु गर्ने भएको छ । कार्यक्रमलाई पहिलो सस्ंकरणको विजेताले होष्ट गर्नेछन् भने निर्णायक रुपमा पुरानै निर्णायकहरु दिया मास्के, रेमण्ड दास श्रेष्ठ र आशिष राना लाहुरे दोहोरिने भएका छन् । रजिष्ट्रेशन फर्म हिमालय रोडिजको आधिकारीक वेबसाइट www.himalayaroadies.com मा उपलब्ध गराइएको छ ।
साथै प्रोग्रममा बोल्दै निर्देशक अमन प्रतापले अडिशन हुने ठाँउमा पनि फर्म पाउने बताएका छन् । यस कार्यक्रम विजेताले नगद रु २० लाख र यमाहा बाईक पाउनेछन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस