लिलिबिली र नेप्टेको २ दिने कलेक्शन

फिल्मी फण्डा । शुक्रवार अर्थात चैत्र मसान्तबाट रिलिजमा आएको दुई फिल्म लिलिबिली र नेप्टेले दुई दिनमा गरेको व्यापार बाहिरिएको छ । हल सञ्चालक तथा वितरकसंस्थाहरुको सहकार्यमा हामीले दुई फिल्मको व्यापारको आम्दानी सार्वजनिक गरेका छौं । फिल्म लिलिबिलीले शुक्रवार १६ लाख नेट आम्दानी गरेको थियो भने शनिवार अर्थात नयाँ बर्षको दिन ३८ लाख नेट आम्दानी गरेको छ । दुई दिनमा फिल्मले ५४ लाख नेट कमाएको छ । दुई दिनमा फिल्मले १ करोड ४३ लाख कारोवार गरेको हो । सो रकमबाट सबै खर्च घटाएर निर्माताको हातमा ५४ लाख पर्ने देखिएको हो ।
यस्तै शुक्रवारबाटै रिलिज भएको फिल्म नेप्टेले पहिलो दिन ७ लाख नेट कमाएको थियो भने शनिवार अर्थात नयाँ बर्षको दिन १७ लाख नेट कमाएको छ । फिल्मले दुई दिनमा २४ लाख नेट कमाएको छ । फिल्मले दुई दिनमा ७० लाख भन्दा बढिको कारोवार गरेको हो ।
नयाँ बर्षको दिन देशभरीका अधिकांश हलहरु हाउफुल भएको थियो ।
१ गते लिलिबिली र नेप्टे दुबै फिल्मको शतप्रतिशत अकुपेन्सी कायम भएको थियो । हलमा लागिरहेका सबै फिल्म हाउसफुल थियो । गोपिकृष्ण लगायतका हलहरुमा लिलिबिलीले बमपर व्यापार गरेको थियो भने टिकट नपाएर अधिकांश दर्शकहरु फर्किएका थिए । यस्तै कुमारी, अष्ट लगायतका हलहरुमा दर्शक फिल्म नेप्टेको टिकट नपाएर फर्केका थिए । लिलिबिलीले देशभरी अधिकांश हलहरु पाएको कारण बढि व्यपार गरेको थियो भने नेप्टेले कम हल पाएको थियो । फिल्म लिलिबिलीलाई मिश्रीत प्रतिक्रिया मिलेको छ भने नेप्टेलाई फिल्म राम्रो भएको प्रतिक्रिया मिलेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस