ताराप्रकाशको देशभक्ति गीत सार्वजनिक (गीत)

फिल्मी फन्डा । अहिलेका निकै चर्चित गायक तथा संगीतकार हुन ताराप्रकाश लिम्बू । उनको नयाँ देशभक्ति गीत मेरो प्यारो मेरो देश मेरो नेपाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा तार प्रकाशकै स्वर तथा संगीत सुन्न सकिन्छ। गीतकार मुकेश राईको गीती एल्बम मनोकांक्षा २मा यस गीतलाई समावेश गरिएको छ
गीतमा देश प्रतिको माया व्यक्त गरिएको छ। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा ताराप्रकाश आफै फिचरिङ भएका छन्। भिडियोलाई नेपालका विभिन्न ऐतिहासिक स्थलहरुमा छायाँकन गरिएको छ। भिडियोमा तारा प्रकाश देशभक्ति नेपालीको रुपमा प्रस्तुत छन्। राजिप समरको नृत्य निर्देशन रहेको यस गीतको भिडियोमा सैरभ लामाको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस