२०७४ मा दर्शकले मन पराएका स्वाद

फिल्मी फण्डा । यस बर्ष मिश्रीत फिल्महरु राम्रा चलेका छन् । स्टार कास्टका फिल्म भन्दा पनि यूवा गर्व लक्षित फिल्म र पूर्ण मनोरञ्जनात्मक फिल्महरु राम्रा चलेका हुन् । सामाजिक विषयमा बनेको फिल्म भन्दा कमेडी जनरामा निर्माण भएका फिल्महरु राम्रा चलेका हुन् । यो बर्ष सर्वाधिक रुचाईएको स्वाद भनेको कमेडी नै हो ।
छक्का पञ्जा २, धुम २, २ रुपैयाँ, शत्रुगते लगायतका कमेडी फिल्महरु राम्रा चलेका छन् । यस्तै रोमान्टि लभस्टोरी भनिएका फिल्महरु पनि यो बर्ष दर्शकको स्वादमा परेका छन् । विशेष गरि यूवा वर्गका दर्शहरुले यस्तो फिल्म मन पराएका छन् । म यस्तो गीत गाउँछु, प्रेम गीत २, ए मेरो हजुर २, ऐश्वर्य, कान्छी, कृ, लिलिबिली लगायत फिल्महरु यूवा वर्गका दर्शकको स्वादको रुपमा देखिएका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस