पुजा शर्माको रोजाईमा परे यी ५ नायक ( भिडियो )

फिल्मी फण्डा । पुजा शर्मा नेपाली फिल्म क्षेत्रमा परिचित नाम हो । संचारकर्मी, मोडलिङ हुँदै उनी फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन । सुगम पोखरेलको ‘पाठशाला’ र प्रशान्त तामाङको ‘असारे महिना’बाट मोडलिङमा नोटिस भएकी पुजा नेपाली कथानाक चलचित्र थ्रि लबरबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी थिईन् तर उनी भने आफ्नो डेब्यु फिल्म मधुमासलाई मान्छिन् ।
उनको अहिले सम्मको यात्रालाई फर्केर हेर्ने हो भने थ्रि लबर, मधुमास, अझै पनि, चंखे शंखे पंखे, प्रेम गीत , म यस्तो गीत गाउँछु लगायतका चर्चित फिल्महरु र केही म्युजिक भिडियोहरु उनले आफ्ना दर्शकलाई दिईसकेकी छिन् । उनको आफ्नै लगानी र अभिनय रहेको फिल्म रामकहानी पनि यतिबेला प्रर्दशनको तयारीमा छ । फिल्म भदौ २२ गतेबाट प्रर्दशनमा आउँदै छ । मन्डे मस्तिमा यो साता हामीले पुजा शर्मासँग कुराकानी गरेका छौ । पुजाको रोजाइमा ५ नायक को को परेका छन् त ?
हेर्नुहोस मन्डे मस्तिको यो श्रृखला :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस