• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

रानी बन्दै मिस नेपाल निकिता ‘रानीमहल’

  • 2018-04-16 
  • प्रकाशित

    Spread the love

    फिल्मी फन्डा । अव मिस नेपाल निकिता चन्दक नेपाली फिल्म क्षेत्रमा डेव्यु गर्ने पक्का भएको छ । केही दिन अघिमात्र मिस नेपालको ताज हस्तान्तरण गरेकी निकिताको अवको यात्रा फिल्म नगरि हुने भएको छ । उनले ‘रानीमहल’ फिल्ममा अभिनयका लागि आइतबार हस्ताक्षर गरेकी छिन् । दुईमहिना अघि घोषणा भएर फ्लोरमा जाने तयारी गरिरहेको फिल्ममा निकिताले अभिनयका लागि सम्झौता गरेको निर्माण कम्पनी स्वस्तिक फिल्मले जनाएको छ ।

     

     

    दुई महिनाअघि नै फ्लोरमा जाने तयारीमा रहेको फिल्मको पर्याप्त तयारी नपुगेपछि निर्माण टिमले सुटिङ रोकेको थियो । भनेको समयमा सुटिङमा नगएपछि वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार र आशिष अधिकारीले फिल्म छाडेका थिए । अव नयाँ अनुहार निकितालाई फिल्म युनिटले रानीमहलमा भित्र्याउँदै फ्लोरमा जाने तयारीमा छ । निर्देशक न्यौपाने अनुसार वर्षा शिवकोटीले गर्न लागेको रोलमा निकिता र प्रशान्त ताम्राकारले गर्ने भूमिकाका लागि अर्जुनजंग शाही फाइनल भएको बताएका छन् । फिल्ममा प्रितमराजले आशिषलाई रिप्लेस गरेका छन् ।

    २ करोडको लगानीमा बन्न लागेको फिल्म पोखरा, स्याङजा, पाल्पा, बुटवल, भैरहवा र काठमाडौँमा हुने निर्माण पक्षले जनाएको छ । फिल्मका केही दृश्य विदेशमा समेत खिच्ने निर्माण टिमले जनाएको छ । फिल्मको पटकथा दीपक पौडेलले लेखेका हुन् । पौडेलले चलचित्रको कथा प्राचीन दार्शनिक अरस्तुले भनेझै, पात्र र दर्शकको मनोवैज्ञानिक कथार्सिसलाई महत्व दिएर लेखिएको बताए । उनले फिल्मको कथा आधुनिक समाज, प्रेम, त्याग र बलिदानको सेरोफेरोमा केन्द्रित रहेको पनि दाबी गरे ।

    चलचित्रमा नीर शाह, सुष्मिता के. सी., बि एस राणा, भोला शाह, सौगात धिताल, उमा बेवी, बिष्णु सापकोटा, अनुराग कुँवर, रश्मी भट्ट, नगेन्द्र रिजाल, बिनोद सापकोटा, सिलु पोख्रेल, अनामिका लामिछाने, युनिता खत्री, पुस्पा निरौला लगायतको अभिनय रहने छ । हिमाल के सीको द्वन्द निर्देशन रहने फिल्मको संगीत अर्जुन पोख्रेल र हर्कुलिस बस्नेतले तयार गरेका छन् । बिमल भुषालले फिल्मका निर्माता हुन् ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय

    Recent Posts

    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक
    • निर्मल दाहालको ‘अचेल माया’ (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073