• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

सम्पत्ति बेचेर सपना किनेँ – रोहित

  • 2018-04-11 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म नेप्टेका निर्माता तथा कलाकार रोहित रुम्बाले आफ्नो सम्पत्ति बेचेर सपना किनेको बताएका छन् । उनका अनुसार फिल्म नेप्टे बनाउन उनले आफ्नो नाममा रहेको समपत्ति बेचेको बताएका छन् । स्कुल जीवनदेखी नाच्न र अभिनय गर्न रुचाउने उनी फिल्ममा अभिनय गर्न निरन्तर रुपमा लागिरहेका छन् । केही फिल्महरुमा काम गरेता पनि आफ्नो सपना अनुसारको काम गर्न नपाएकोले आफुले सोचेको र खोजेको जस्तै फिल्म बनाउने उनको सपना थियो ।

    एउटा फिल्म बनाउने उनको ठूलो धोको थियो । त्यहि सपना ड्रिम प्रोजेक्टको रुपमा नेप्टे बनाएको हो । नेप्टे बनाउन उनले आफुले सम्पत्ति बेचेको बताएका छन् । लाखौंको सम्पत्ति उनले आफ्नो सपना अनुसारको फिल्म नेप्टे बनाउन बेचेका हुन् । नेप्टे यही चैत्र ३० गतेबाट प्रर्दशनमा आउदै छ । उनी यतिबेला फिल्मको प्रचार प्रसारमा निकै व्यास्त छन् । उनको ड्रिम प्रोजेक्ट भएका कारण पनि उनको दौडधुप निकै छ आजकाल ।

    रोहित रुम्बा विगत करिव १० बर्ष भन्दा बढि समय देखि फिल्म क्षेत्रमा सक्रिय छन् । उनको जीवनको ठुलो सपना पनि थियो । उनी अभिनयको माध्यमबाट यो क्षेत्रमा स्थापित हुन चाहन्थे । अभिनय मात्र गरेनन् निर्माताका रुपमा केही फिल्महरुमा समेत लगानी गरे । तर दुर्भाग्य नै भन्नु पर्छ उनका कुनै फिल्मले व्यवसायिक रुपमा सफल र सन्तुष्ट दिन सकेनन् । फिल्म क्षेत्रमा भबिष्य देखेर अगाडी बढेका धेरै निर्माताहरु मध्यका एक हुन् रोहित रुम्बा । घरखेत बेचेर , घर जग्गा बैंकमा बन्धकी राखेर फिल्म निर्माण गर्ने निर्माताको ताँती लामो छ फिल्म क्षेत्रमा ।

    कतिले फिल्म निर्माण गरेर राम्रो आम्दानी गरेका छन् भने कति नमज्जाले डुबेका छन् । त्यस्तै आफ्नो सपना पुरा गर्न घर जग्गा विक्री गरेर, बन्धकी राखेर फिल्म बनाउने निर्माताको बीचमा रोहित रुम्बा थपिएका हुन् । आफ्नो सम्पत्ति बेचेर बनाएको कारण राम्रो फिल्म बनाएको रोहितले दावी गरेका छन् । यदि फिल्म असफल भए उनी ५ वर्ष फिल्म क्षेत्रबाट टाढिने पनि बताएका छन् । फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रोहित रुम्बा र छुल्ठिम गुरुङ लगायतको अभिनय फिल्ममा रहेको छ । फिल्मको गीत संगीत राम्रो छ । यस कारण पनि फिल्म चल्न सक्ने अनुमान छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073