सलमान नेपाल ल्याउन विप्लबले पैसा खाएकै हो त ?

फिल्मी फण्डा । सलमान खानलाई दबंग द टुरको लागि नेपाल ल्याउने कार्यक्रम स्थगीत हुँदा चारैतिर राम्रा र नराम्रा विवादहरु निस्किए । केही समयको लागि आयोजकले कार्यक्रम स्थगन गरेको थियो । पछि कार्यक्रम हुने भन्दै करोडौंको बिक्री गरिएको टिकट फिर्ता गरिएन । उता बलिउडमा २० बर्ष अगाडी २ वटा हरिण मारेको अभियोगमा अदालतले सलमान खानलाई ५ बर्ष जेल सजाय सुनायो । तर सलमान धरौतीमा रिहा भएका छन् । उनी रिहा भए लगतै सलमान जेष्ठ १२ गते नेपाल आउने फाईनल भएको सलमानको सम्बन्धित संस्था ओडिसीले आफ्नो औपचारिक फेसबुक पेजमा राखेको छ ।
यसलाई नेपालका आयोजकले केही भनेका छैनन् । बुझिए अनुसार कार्यक्रमको टिकम पनि बिक्री गरिएको छ । पहिले पनि ओडिसीले सलमान नेपाल आउने बताईएको थियो । नेपालको आयोजकले पनि कार्यक्रम निश्चित समयमै हुने बताईएको थियो । यतिखेर सबैको ध्यान विप्लब तिर तानिएको छ । पहिले विप्लबको कारणले रोकिएको कार्यक्रम अहिले विप्लबले कसरी गर्न दिने भए । कतै विप्लबको शर्त लागु त भएन । समाचारमा आएजस्तै विप्लबले मागेको रकम फिरौती ती पाएको पो हो की । यदि आयोजक संस्थाले विप्लबको मागलाई समबोधन गरेर दबंग द टुर कार्यक्रम आयोजना गर्न लागिएको हो भने अब यो कार्यक्रमलाई सरकारले रोक्न सक्नु पर्दछ ।
कसैलाई हचुवाका चन्दा दिई कार्यक्रम गर्नु अपराध हो । शरु सम्बन्धित निकायले सबै सुरक्षा प्रबन्ध मिलाई यो कार्यक्रम गर्दा नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ । सलमान नेपाल आउने फिक्स भएको खण्डमा उनीसँगै कार्यक्रममा नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावल नेपाल आउने छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस