• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

सम्झना : वर्ष २०७४ ले गुमाएका कलाकर्मी

  • 2018-04-16 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । अभिनेता तथा फिल्म निर्माता सिहंको मृगौलाको समस्याका कारण गत बैशाख ८ गते ५८ वर्षको उमेरमा भारतको कलकत्तास्थित कलकत्ता मेडीकल एन्ड रीसर्च सेन्टरमा उपचारको क्रममा निधन भयो। २०७२ सालमा मृगौलाले काम गर्न छोडेपछि भारत गएर मृगौला प्रत्यारोपणको क्रममा हृदयघात भएपनि उनी सफल प्रत्यारोपणपछि काठमाडौ फर्केका थिए। तर अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारको लागि भारत लगिएको थियो।

    संगीतकर्मी तथा कलाकार विक्रम परियारको अज्ञात समुहले खुकुरी प्रहार गरी वैशाख ३१ गते हत्या गर्र्यो। स्थानिय तहको निर्वाचनमा भोट हाल्न काठमाडौंबाट गृहजिल्ला तनहँ‘ पुगेका उनीमाथि भोट हालेर फर्कन ेक्रममा खुकुरी प्रहार भएको थियो भने उनको शव छाला फयाक्ट्रि नजिकै भेटिएको थियो।

    पिरती आफै हुँदो रैछ, विरताको चिनो वीरको सन्तान, माया के होलाजस्ता दर्जनौ कालजयी गीतहरूकी गीतकार कुसुम गजमेरको उपचारको क्रममा जेठ १८ गते भारतको मुम्बईमा निधन भयो। कलेजोको समस्याबाट जुध्दै आएकी उनी ७३ वर्षकी थिइन्। उनी ख्यातिप्राप्त संगीतकार रनजीत गजमेरकी पन्ती तथा अभिनेत्री तथा गीतकार भारती घिमीरेकी आमा एवं निर्देशक तुलसी घिमीरेकी सासु हुन्।

    कात्तिक ५ गते जनवादी गायक खुशीराम पाख्रिनको चितवनमा निधन भयो। माओवादी पोलिटब्युरो सदस्य तथा माओवादी अध्यक्ष प्रचण्डपुत्र स्व। प्रकाश दाहालको चितवनमा आयोजित श्रद्धाञ्जली तथा चुनावी सभामा गीत गाउने क्रममा बेहोस भई ढलेपछि चितवनको नारायणी सामुदायिक अस्पताल लगीएको उनलाई चिकित्सकले मस्तिष्कघातको कारण निधन भएको घोषणा गरेका थिए।

    ल कात्तिक ३० गते संसारकै सबै भन्दा होचो कदको कलाकरको रूपमा गिनीज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन प्रयासरत कलाकार दीपेन शाहको ललीतपुरको किष्ट अस्पतालमा निधन भयो। छाती र मृगौलामा ईन्फेक्शन तथा उच्च रत्तचाप भएर ४ दिनसम्म अस्पतालमा उपचाररत उनको अस्पातलमै निधन भएको हो। केवल ३१ ईञ्चका उनले केहि फिल्म तथा हास्य टेलिश्रृङुखला झ्यार्इँकुटी झ्यार्इँमा दीपेन सरको रूपमा अभिनय गरेर दर्शकको मन जित्दै आएका थिए।

    भदौ २६ गते ठाडो भाकाका शिरोमणी भेडीखर्के साईंला ९दिर्घराज अधिकारी० को ८४ वर्षको उमेरमा लमजुङको सुन्दर बजारस्थित निवासमा निधन भयो। उनी ठाडो भाकाको लागि प्रख्यात थिए।

    लोकप्रिय रेडियो कार्यक्रम सञ्चालक तथा गायक वासुदेव मुनालको गत भदौमा निधन भयो। ११ वर्ष अघि लडेर ब्रेन ह्याम्ब्रेज भोगेका उनको उकालीमा पनि हजुर मोटर जाँदो रैछजस्ता गीत हिट छन्।

    ल संगीतकार चन्द्रराज शर्माको पुस ६ गते शिक्षण अस्पताल महाराजगञ्जमा निधन भयो। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको उनलाई अस्पताल पुग्नेवित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। १९९६ मा काठमाडौंको डील्लीबजारको एक संगीतिक घरानामा जन्मिएका उनले हामी नदिका दुई किनारा, हाम्रो मीलन असम्भव छ, मनमा माया तनमा माया, मेरा माल मलाई फर्काईदेउ बाबुजस्ता कालजयी गीतहरूमा संगीत दिऐका थिए।

    साहित्यकार तथा नायिका जल शाहकी आमा प्रेमा शाहको पुष ६ गते अमेरिकाको साल्टलेक सिटी युटास्थित ईन्टर माउन्टेन हेल्थ सेन्टरमा उपचारको क्रममा निधन भयो। अस्वस्थताका कारण केहि समयदेखी उनी अस्पतालमै थिइन्। वीरगंजको श्रीपुरमा जन्मिएकी ७५ वर्षिया उनी यौन मनोविज्ञान, विद्रोश तथा नारी सचेतनामुलक साहित्यका लागि लोकप्रिय थिइन्। पहेलो गुलाब उनको लोकप्रिय कथासंग्रह हो। जल शाहलाई नायिकाको रूपमा स्थापित गराउन उनले ठुलो भुमिका निर्वाह गरेकी थिइन्।

    पुस १२ गते राजधानीको बत्तीसपुतलीमा भएको सवारी र्द‘्घटनामा परी मोडल, रङ्गकर्मी तथा अभिनेत्री विना थापाको निधन भयो। २७ वर्षीया उनले चलाईरहेको स्कुटरलाई पानी ट्याङ्क्रले ठक्कर दिएपछि सख्त घाईते भएकी उनलाई उपचारको लागि वीर अस्पताल पुर्याईए पजि उपचारकै क्रममा निधन भएको हो। उनले रामप्यारी, उर्वशी, डीभोर्सजस्ता फिल्ममा अभिनय गरेकी थिइन्।

    माघ १ गते घुमघामको सिलसिलामा आफन्तका साथ धनगढीको टीकापुर पुगेका संगीतकार विजयसिंह मुनालको आकस्मिक निधन भयो। अघिल्लो रात रमाइलो गरी सुतेका उनलाई सोमबार बिहान अचानक मृत अवस्थामा भेटिएको थियो। उनी लामो समयदेखि उच्च रक्तचापबाट पीडीत थिए। उनको परिवारमा गायिका पुत्री वृन्दा मुनाल तथा श्रीमती छन्।

    यादै यादमा अल्भ्mयो मेरो जिन्दगानीजस्ता लोकप्रिय गीतका गायक तथा संगीतकार रमेश ताम्राकारको हृदयघाटबाट गत माघमा निधन भयो। अचानक छातीमा पीडा भएपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो। अस्पताल पुर्याउनुअघि नै उनकोे निधन भएको जानकारी चिकित्सकहरूले उनको परिवारलाई गराएका थिए। मधुमेहबाट पीडित ताम्राकार साँस्कृतिक संस्थानको दोस्रो महाप्रबन्धकका रूपमा समेत काम गरेका थिए। उनले ईशारा जोडिदियौ तिमीले, बाच्न जन्मेको नेपाली म, आज मैले एउटा सपना देखँे, गुन्द्रुक पकाउन पर्दैन, धेरैसँग माया, औँला आँैलामा, चाग निगा स्वंङगु होली ए मेला, वइला कन्हे वइला, सललल त्रिशुलीमा जालै हानुकी, हाय रे ज्यापुनी, राजमती कुमतीजस्ता दर्जनौं लोकप्रिय नेपाली र नेवारी गीत गाउनुको साथै संगीतसमेत दिएका थिए।

    लोकगीतकी रानीकी रूपमा ख्याति आर्जन गरेकी गायिका कमला श्रेष्ठको उपचारको क्रममा बाँसबारीस्थित शहीद गंगालाल हृदय रोगक केन्द्रमा ६९ वर्षको उमेरमा चैत ५ गते निधन भयो। उनको परदेशी बाबु आँगनमा दिनु हुन्न बास, सल्लाई हो जोवन कल्लाई हो, सहिदिन्छु कुट बरु, सरर मलेवा, शिरफ”ल लाएरजस्ता गीतहरू सदावहार गीतका रूपमा रहेका छन्।

    मौलिक धुनका लागि लोकप्रिय सांगीतिक सम”ह सुरसुधाका संस्थापकमध्येका कुशल सितारवादक विजय वैद्यको उपचारका क्रममा चैत १८ गते ५२ वर्षको उमेरमा निधन भयो। उनले सुरसुधा छोडेपछि विजय वैद्य एन्ड फ्रेन्डस् नामक ब्यान्ड खोलेर रकस्टार म्युजिक अफ पिस, च्यान्ट अफ हिमालय, द थर्ड आई, माउन्टेन्स अफ नेपाल, विजय द पावर अफ म्युजिकलगायतका एल्बम निकालेर सांगीतिक यात्रालाई निरन्तरता दिएका थिए। (यो सामाग्री रश्मी थापाको नेपाल समाचार पत्रबाट साभार गरिएको हो ।)


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल

    Recent Posts

    • पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा
    • बलिउड नायिका करिना कपुर दोश्रो पटक आमा बन्ने तयारी
    • फिल्म ‘कसिङ्गर’ युट्युबमा सार्वजनिक
    • नेपालकी अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्दै
    • घान्द्रुकमा फिल्म र पर्यटनका कुरा
    • वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक (भिडियो)
    • ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073