फेसन ब्राण्ड ‘क्याप्सुल ९’ जोडियो ‘दी भ्वाइस अफ नेपाल’सँग

फिल्मी फन्डा । साउनबाट गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’ शुरु हुदै छ । अव यस रियालिटि शोमा फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले पनि सहकार्य गर्ने भएको छ । सोमबार ‘दी भ्वाइस अफ नेपाल’ आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि सहकार्यको सम्झौता भएको छ ।
सम्झौता कार्यक्रममा ‘दी भ्वाइस अफ नेपाल’ र क्याप्सुल ९ को लोगो अंकित टिसर्ट सार्वजनिक गरिएको थियो । क्याप्सुल ९ का प्रबन्ध निर्देशक विनोद ढकालले सम्झौता पछि ‘दी भ्वाइस अफ नेपाल’ अंकित हरेक टिसर्टमा क्याप्सुल ९को पनि लोगो रहने बताए । ‘दी भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले फेसनसँग नजिक रहेर काम गरिरहेको क्याप्सुल ९सँग शोको सहकार्य गर्न पाउनु सुखद रहेको जनाए ।
नेदरल्याण्डको टाल्पा कम्पनीसँगको समन्वयमा एएनसीले ‘दी भोइस अफ नेपाल’ ल्याएको हो । विश्वभरिका १ सय ९२ मुलुकमा सफलतापूर्वक सम्पन्न भइसकेको यो रियालिटी शोको नेपाल फ्रेञ्चाइजीको तयारीमा आयोजक जुटिसकेका छन् । यस नेपाल फ्रेञ्चाइजीको शो निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल रहेका छन् ।
कान्तिपुर एचडी टेलिभिजनबाट प्रसारण हुने शोका लागि काठमाडौंको धुम्बाराही–४ प्रगतिमार्गमा स्टुडियोका लागि भवन (ट्रस) निर्माण भइरहेको छ । यो शो जेठबाट प्रसारण हुने तयारी भइरहँदा सोही समयमा विश्वकप फूटबल हुने भएपछि आयोजकले साउन महिनाबाट शोको प्रसारण शुरु गर्न लागेका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस