तिमी हुन्छौ जहाँ जहाँमा मलिना र मनिषको रोमान्स ( गीत )

फिल्मी फन्डा । फिल्म तिमि हुन्छौ जहा जहाले राजधानिमा एक विशेष कार्यक्रमको आयोजना गरि आफ्नो शिर्ष गीत सार्वजनिक गरेको छ । चलचित्र यहि असार ८ गतेबाट देशभर एकै साथ प्रदर्शनमा आउँदैछ । अन्जु पन्त र फिरोज बस्नेतको सुमधुर स्वरमा सजिएको उक्त गीतमा मलिना जोशी र मनिष सुन्दर श्रेष्ठको रोमान्स देख्न सकिन्छ । गीतमा शब्द र संगीत भने अर्जुन पोखरेलको रहेको छ ।
बि. एण्ड बि फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्मातामा मदन दवाडी, हरि प्रसाद अधिकारी र डाल चन्द्र दवाडी रहेका छन् । फिल्मका कार्यकारी निर्मातामा प्रकाश बास्कोटा रहेका छन् भने सह- निर्माता बिना कार्की हुन् । चलचित्रको लेखन तथा निर्देशन विकाश बस्यालले गरेका हुन् । माधव घिमिरेको पटकथा र संवाद रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द रहेको छ । फिल्मको छायांकन रमणीय स्थल मुस्ताङ, पोखरा र काठमाडौँमा भएको हो । फिल्मका प्रस्तुतकर्ता समेत रहेका मदनले फिल्म राम्रो बनेको बताए ।
फिल्ममा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरूप पुरुष ढकाल, गोपाल ढकाल (छन्दे) आदि कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रका मुख्य दुई नायक मनिष सुन्दर श्रेष्ठ र स्वरूप पुरुष ढकाल भने कार्यक्रममा उपस्थित थिएनन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस