अनमोललाई महानायक बनाउँदै भुवन केसी

समीर बलामी/फिल्मी फण्डा । पछिल्लो समय निकै चर्चामा रहेका नायक हुन् अनमोल केसी । अनमोल केसी हाललाई नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढि स्टारडम भएको कलाकार मानिन्छ । उनको मेहनत, चक्लेटी रुप र अन्य विशेषताले यूवामाझ उनी लोकप्रिय छन् । उनले झण्डै दुई बर्षको प्रतिक्षामा फिल्म कृ ल्याएका थिए । यस कारण पनि अनमोल दर्शकहरुको रोजाई हुन् । उनले आम मिडियाकै अगाडी आफुले राम्रो टिम छानेर बार्षिक एउटा मात्र फिल्म खेल्ने बताएका थिए । तर अहिले फिल्म क्षेत्र अनमोलको कारण गरमा गरम भएको छ । बर्षको एउटा मात्र फिल्म खेल्छु भन्ने अनमोलले यहि बर्ष तीन वटा फिल्म साईन गरे । किन अनमोलले लगातार फिल्म साईन गरे ? कति पारश्रमिकमा गरे ? के कारणले तीन वटा फिल्म गर्न लागे ?
यहि प्रश्न बीच फिल्मकर्मी र मिडियामा चर्चा चल्ने गरेको छ । झन् अनमोलले लिएको पारश्रमिक कति हो भने यकिन नभएको र फरक फरक मिडियामा आएको समाचारले फिल्म क्षेत्रलाई तरंगित बनाएको छ । कृ रिलिजताका पनि अनमोल र पचास लाख भन्ने शब्द निकै हिट भएको थियो । नायिका निर्देशक झरना थापादेखी वितरक मनोज राठी सम्म पचास लाख बाकेर अनमोलको पछि लागेको कुराले निकै चर्चा बनाएको थियो । पछि झरनाले नेपाली फिल्मको हैसियत त्यो स्तरमा नपुगेको र आफुले एक कलाकारको पारश्रमिक पचासलाख सम्म दिन नसकेको स्पष्ट स्टाटस लेखेकी थिईन् । अहिले उनै झरनाले अनमोल अनुबन्धित गरेको र मिलन चामसको फिल्ममा समेत अनमोल रहने कुराले फिल्म क्षेत्र गरम भएको हो ।
कति हो अनमोलको पारश्रमिक ?
अनमोल केसीको स्टारडम र उनले फिल्ममा लिने गरेको विश्रामलाई हेर्ने हो भने ५० लाख उनको पारश्रमिक स्वभाविक हुन्छ । अनमोल केसीलाई लिएर एउटा व्यापारिक फिल्म बनाउने हो भने एक करोड ५० लाख देखी दुई करोड सम्म सुरक्षित हुन्छ भन्ने फिल्मकर्मीहरुको बाक्लै उपस्थिती छ । तर त्यसको लागि अनमोलले विश्राममा फिल्म गर्न सक्नुपर्छ । बलै उनले त्यो गर्न सकेन ।
हालै ए मेरो हजुर ३ र अनटाईटल फिल्ममा साईन गरेका छन् । मिडियामा ३८ लाख देखी ९० लाख सम्मको समाचार बाहिरियो । हामीले यस विषयमा सम्बन्धित पक्षसँग बारम्बार बुझिरह्यौं । मिडियामा ३८ लाख, ४० लाख, ५० लाख, ६५ लाख लगायतका समाचारहरु आए जुन सबै गलत छन् । हामीले समबन्धित फिल्मका निर्देशकहरु र अनमोल पारिवारीक स्रोतलाई बुझ्यौं । अनमोलको पारिवारीक स्रोतले पारश्रमिक खुलाउन चाहेनन् । तर फिल्मका निर्माण टिमहरुले बाध्यताले पारश्रमिक खुलाईन् । फिल्म ए मेरो हजुर ३ मा अनमोलले झण्डै ३० लाख नगद र फिल्मको कुल नाफाको १५ प्रतिशत नाफा खाजेको निर्माण पक्षका एक व्यक्तिले फिल्मी फण्डालाई जानकारी दिएका छन् । उनले नाम नखुलाउने शर्तमा पारश्रमिकको वारेमा जानकारी दिएका हुन् । यस्तै मिलन चाम्सको अनटाईटल फिल्ममा अनमोलले ३२ लाख नगद र कुल नाफाको १५ प्रतिशत माग गरेको छ । मिडियामा आएको अनुसारका पारश्रमिक गलत भएको सम्बन्धित फिल्मका निर्देशकले बताएका छन् ।
किन गरे अनमोलले लगातार फिल्म साईन ?
अनमोलले अरुको पैसामा निर्माण हुन लागिएको होम प्रोडक्शनको फिल्म क्याप्टेन सहित ३ फिल्म साईन गरेका छन् । एक बर्षमा एक फिल्म गर्ने सोचेका अनमोलले तीन फिल्म साईन गर्नुको पछाडी उनका बुबा नायक भुवन केसीको ठूलो हात रहेको स्रोत बताउँछ । बुझिए अनुसार फिल्म क्यापटेनको शुटिङ विशेष कारणले रोकिएको र त्यसको व्यवस्थापनका लागि अनमोलले थप दुई फिल्म साईन गर्नु परेको स्रोत बताउँछ । यसर्थ नायक भुवन केसीका कारण अनमोलले लगातार फिल्म साईन गरेको स्रोतको दावी छ ।
राजेश हमालकै लाईनमा अनमोल
फिल्म क्षेत्रमा राजेश हमाल र भुवन केसी प्रतिस्पर्धाका नायक हुन् । राजेश हमाललाई महानायकको ट्याग दिईएपछि भुवन यसको विरोधमा उत्रिए । उनले राजेशको खण्डन गर्दै आफुले हिट फिल्म दिएको भन्दै आफु महानायक हुनुपर्ने बताउँदै आएका छन् । भुवन केसीले राजेश हमालले हिट फिल्म भन्दा संख्या मात्रै बढाएको र आफुले उत्कृष्ट फिल्म दिएको आधारमा महानायक आफु हुनुपर्ने दावी गर्दै आउनु र अहिले छोरालाई लगातार फिल्म साईन गराउनुले अनमोल पनि राजेश हमालकै लाईनमा भएको बुझ्न सकिन्छ । किन जानी जानी भुवन केसीले अनमोललाई राजेश हमालको लाईनमा लान चाहेका हुन् त्यो उनैलाई थाहा होला । कतै महानायकको ट्याग आफुले नपाएर भोलीका दिनमा अनमोल केसीलाई महानायक बनाऊनतिर भुवन केसीको ध्यान गएको त हैन ?
फिल्म क्याप्टेन काण्ड
भुवन केसी र अनमोल केसीको होम प्रोडक्शनबाट निर्माण हुने भनिएको फिल्म हो क्याप्टेन । खेलको विषयमा निर्माण हुन लागिएको फिल्मलाई दिवाकर भटराईले निर्देशन गरिरहेका छन् । फिल्मको शुटिङ शुरुहुनु अगाडी फिल्मको निर्मातामा हाईलाईट्स नेपाल पनि रहने कुरा थियो । फिल्मको लागि हाईलाईट्स नेपालले एक करोड १० लाख शुरुमै खर्च गर्ने र ३० प्रतिशतको शेयरमा निर्माता रहने भनिएको थियो । पछि एक्कासी भुवन हाईलाईट्स नेपाल गएनन् । वितरक उज्वल केसी र मनोज राठीसँग कुरा भयो । फिल्मको लागि आधा भन्दा बढि रकम वितरकद्धयले हाल्ने कुरा भयो । वितरकद्धयले फिल्मको डिजीटल राईट्स र अन्य राईट्सहरु लिने शर्तमा फिल्मको छायाँकन शुरु भयो । पूर्वको सिकिममा छायाँकन शुरु भएको केही दिनमा शुटिङ रोकियो । निर्माण टिमले पहिलो चरण सकिएकोले दोश्रो चरणको शुटिङ चाँडै शुरु हुने बताईएको छ । तर कहिले शुरु हुन्छ अन्यौल छ । स्रोतका अनुसार फिल्ममा विभिन्न समस्याहरु आएका कारण शुटिङ रोकिएको हो । निर्देशक दिवाकर समेत रुष्ट भएको स्रोत बताउँछ । फिल्म भनिएको डेटमा पनि आउन नसक्ने कनफर्म भएको छ । यी विभिन्न समस्याहरु को पछाडी नै अनमोलले लगातार फिल्म साईन गर्नुमा प्रश्न उब्जिएको हो ।
अनमोल सरकालाई कर तिर्ने की ?
पछिललो समय सरकारले राजश्व संकलनमा वृद्धि गर्न सबै तहलाई करको दायरमा ल्याउने र करप्रति सबैको चासो बढाउने अभियान नै थालेका छन् । फिल्म क्षेत्रलाई पनि करको दायरामा ल्याउने तयारी भईरहेको छ । यसो त केही कलाकारहरुले आफुले पाएको पारश्रमिकबाट कर तिर्न शुरु गरिएको छ । केढार घिमिरे माग्ने बुढाले फिल्म रामकहानीबाट पाएको पारश्रमिकबाट कर तिरको समाचार बाहिरिएको थियो । उक्त कर बराबरको रकम राजश्वसम्म पुग्छ पुग्दैन त्यो पछि थाहा हुनेछ । अहिले फिल्म क्षेत्रमा सबैभन्दा महँगा भनिएका अनमोल केसीको पारश्रमिकको कुरा चलिरहँदा सायदै कर कार्यालयका प्रतिनिधीहरु सुतिरहेका छैनन् होला । अनमोलले कर तिर्छन् की तिर्दैनन् वा भोलीका दिनमा अनमोलमाथी कर कार्यालय आईलगे के होला त्यसैले बेलैमा सोचर अनमोलले सरकारलाई कर तिर्नु राम्रो हुन्थयो की ? यसले राज्यप्रतिको जिम्मेवारी पनि दढ्छ अर्कोतिर उदाहरणको रुपमा पनि रहन्छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस