जापानमा पहिलो पटक सेलेब्रिटीको लागी इन्टरनेशनल अवार्ड

फिल्मी फण्डा । जापानमा पहिलो पटक सेलेब्रिटीको लागी इन्टरनेशनल अवार्ड आयोजना हुने भएको छ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनि सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्न गर्न लागिएको हो । लामो समय देखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले आज मात्रै पहिलो ब्यानर सार्बजनिक गर्दै अवार्डको घोषना गरिएको हो । डान्स, कमेडी, गायन र अभिनय विधामा रहेर अवार्ड आयोजना हुनेछन् । बिश्वकै सबै भन्दा ब्यस्त र महँगो शहर टोकियोमा अहिले सम्मकै ठुलो साँस्क्रितिक कार्यक्रम बिच अवार्ड संन्चालन हुने आयोजक संस्थाका बासु देव लामिछानेले बताएका छन ।
अवार्डमा नेपालबाट नया पुराना ख्याती प्राप्त कलाकार हरु टोकियोको एकै स्टेजमा जमघट हुनेछन् । बिश्वोको सबैभन्दा महँगो अनि व्यस्थ शहर टोकियोमा हुने अवार्ड शो पपुलर अवार्ड अन्तर्गतको अवार्ड रहेको बुझिएको छ । सुर्य इन्टरनेशनल अवार्ड नाम दीइएको अवार्डमा नेपाली चलचित्र र संगीत दुवै विधामा नोमिनेसन छनोट गरि अवार्ड वितरण गरिने आयोजक पक्षले बताएको छ । चलचित्र र संगीत गरि जम्मा १२ विधामा ५/५ नोमिनेसनमा रहने ब्यवस्था रही अनलाइन भोटिंग सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ । सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा सभ्य र भब्य अवार्ड गरिने तयारी भईरहेको बासु देव लामिछानेले बताईएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस