‘बेबी आइ लभ यु’को म्युजिकल्ली कम्पिटिसन’ घोषणा

फिल्मी फन्डा । फिल्म बेबी आइ लभ यु यही जेठ १८ गतेदेखि प्रदर्शनमा आउँदै छ । फिल्म युनिटले ‘म्युजिकल्ली कम्पिटिसन’ गर्ने घोषणा गरेको हो । नेपालमा मात्र नभएर अन्तर्रा्ट्रिय स्तरमा चर्चित बनिरहेको म्युजिकल्लीको फाइदा लिँदै फिल्म बेबी आइ लभ युले यस्तो घोषणा गरेको हो । यस प्रतियोगितामा भाग लिनको लागी म्युजिककल्ली प्रयोगकर्ताले चलचित्र बेबी आइ लभ युमा समावेश संवादको भिडियो बनाउनु पर्ने छ ।
सोही भिडियोबाट उत्कृष्ट छानेर एक जनालाई चलचित्र युनिटले रकम सहित पुरस्कृत गर्नेछ । निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजार सहित फिल्मको दुई वटा फिल्मको टिर्सट पनि प्रदान गरिनेछ । जनक पाण्डे निर्दे्शित बेबी आइ लभ यु मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस