अहिले सम्मकै महँगो फिल्म “बागमती” अव युट्रयुवमा

फिल्मी फन्डा ।गत बर्ष प्रदर्शनमा आएको फिल्म “बागमती“ युट्रयुवमा सार्वजनिक भएको छ । प्रदर्षनको क्रममा तीनवटा कारणले निकै चर्चामा थियो फिल्म । पहिलो,चलचित्र ‘बागमती’मा नेपाली चलचित्रका पुराना दुई नायक शिव श्रेष्ठ र राजेश हमालले धेरैपछि स्क्रिन सेयर गरेका थिए । दोस्रो, यो चलचित्रमा दक्षिण भारतीय प्राविधिकहरूलाई प्रयोग गरिएको थियो भने तेस्रो, ‘बागमती’ सर्वाधिक लगानीमा बनेको फिल्म ठहरिएको थियो । फिल्ममा राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, रविकर प्रसाद घिमिरे, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, कञ्चन ठकुरी, शितल के सि लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म सन्नी केरलाको निर्देशनमा तयार भएको छ । यस फिल्मका प्रस्तुतकर्ता भने बिजय सत्याल, दिनेश दर्शनधारी र यशोदा राई रहेका छन् । फिल्मलाई ट्री ईन्टरटेन्टमेन्टको अफिसल युट्रयुवबाट सार्वजनिक गरिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस