• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

ट्रेसमी फेसन रन–वेमा दलजितका क्रियशन

  • 2018-05-28 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ मा शुक्रबार फेसन हब सम्पन्न भएको छ । ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’नाम दिइएको उक्त अन्तर्राष्ट्रियस्तरको फेसन शोमा दुई दर्जन व्यवसायिक मोडल तथा कलाकार रन–वे मा प्रस्तुत भएका थिए । ‘इन्स्टुमेन्टल म्युजिक’ को तालमा १९२ फिट लामो युसेफ र्याम्पमा मोडलहरु एक–एक गरी विरालो चालमा हिडँेका हु्न् । एकपछि अर्को गरी मोडलहरुले ३ ‘सिक्वेन्स’मा बिभिन्न आकर्षक पहिरनहरु प्रस्तुुत गरेका थिए ।


    नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन २०१८’को उद्देश्य नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पु¥याउन हो । फेसन शो अहिले सम्मकै उत्कृष्ट भएको इभेन्ट व्यवस्थापन नेक्स्ट मोडल नेपालकी यतना पाण्डेले बताएकी छिन् । १६ महिला र ८ पुरुष गरी २४ मोडल र्याम्पमा उत्रिएका थिए । जसमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत नेपालकै टप तथा ब्यवसायी उत्कृष्ट २४ मोडल मोडलिङ क्षेत्रमा कहलिएका नामहरु थिए ।


    दलजित सुदान, जो एक अन्तर्राष्ट्रियस्तरमा चिनिएका फेसन डिजाइनर हुन् । शुक्रबार साँझ उनै दलजितको एकल क्रियशन प्रस्तुत गरिएको थियो । डिजाइनर दलजित सुदानले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेका डिजाइनहरू निकै आर्कषक देखिन्थे । थुप्रै फेसन सो मार्फत आफ्ना डिजाइनहरु प्रस्तुत गरिसकेकी सुदानको नेपालका लागि यो पहिलो एकल सो थियो ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    ३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा
    जबरजस्ती फिल्म हल खोल्दा संक्रमण फैलिने राजेश हमालको तर्क
    ८औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो दिन ७ फिल्महरु प्रदर्शन
    ८औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो दिन ७ फिल्महरु प्रदर्शन
    कार्टुन ‘टम एन्ड जेरी’ फिल्मको शैलीमा निर्माण हुने

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073