कुम्भ करण अब नेपालसँगै अस्ट्रेलियामा पनि

फिल्मी फण्डा । आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ’कुम्भ करण’ अष्ट्रेलियामा पनि रिलिज हुने भएको छ । फिल्म यही असार ८ गते बाट नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शन हुन लागेको हो । फिल्ममा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले, सदभाव थापा लगायतका कलाकारहरुको भूमिका रहेको छ ।
बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतको संयुक्त निर्माणमा बनेको यस फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन् । फिल्मको कार्यकारी निर्माताको रुपमा रोम ओली र चुपनिधि रिजाल (अरुण) रहेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस