नेपाली गायक भारतीय एल्बममा

फिल्मी फण्डा । पछिल्लो समय भाइरल भइदियो गीत मार्फत चर्चामा आएका गायक मानस राजलाई इण्डियन म्युजिक कम्पनि विंग्स इन्टरटेन्मेन्टले २० लाख रुपैयामा एक एल्बमका लागि अनुबन्धित गरेको छ । कम्पनिका चेयरम्यान प्रकाश रोहराले गायक मानससँग लिखित सम्झौता गरिसकेका छन् भने एल्बममा समावेश हुने चार गीतको काम लगभग फाइनल भईसकेको छ । चार गीतको काम अझै बाकी छ । फेरी टेल्स नामक युट्युब च्यानललाई ६१ भाषामा संचालन गरिरहेका प्रकाशले नेपालमा गीतसंगीतको बढ्दो लोकप्रियता देखेर नै आफ्नो रुची बढेको बताएका छन् । पछिल्लो समय नेपाली गीतसंगीतले युट्युबमा सहजै करोड भ्युज क्रस गर्न थालेपछि आफ्नो टीम लगानीको लागि इच्छुक भएको प्रकासले बताए । एल्बममा रोमान्टिक गीतहरु हुने मानसले बताएका छन् ।
विंग्स इन्टरटेन्मेन्ट
यस विंग्स इन्टरटेन्मेन्टले चर्चित गायकहरु उदित नारायण झा, कुमार सानु, साधना सरगम, पुर्णिमा, बाबुल सुप्रियो, विपिन सचदेव, अमित कुमार, सुख्विंदर सिंह जस्ता गयाकको एल्बम बजारमा ल्याइसकेको छ । उदितका एल्बमहरु लभ यु र लभ इज लाइफ, कुमार सानुको कहना तो है, साधनाको कोइ तोह बात है, पुर्णिमाको दिल बोले पिया पिया लगायतका एल्बम तथा गीतलाई विंग्सले नै बजारमा ल्याएको थियो । बलिउड अभिनेता शाहिद कपूरले चार म्युजिक भिडियो गरेका छन्, जस मध्य तीन विंग्सकै रहेको थियो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस