स्विट्जरल्याण्डमा रणविर सिंहको आफ्नै नामको रेल सञ्चालन ( फोटोमा हेर्नुहोस् )

फिल्मी फण्डा । स्विट्जरल्याण्डमा रणविर सिंहको नाममा रेल सञ्चालनमा आएको छ । बिहिबार राणबिर आफैले उक्त रेलको सुरुवात गरेको हो । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा उक्त क्षणहरु सेयर गरेका छन् ।
उनले उक्त रेललाई एक क्याप्शन पनि दिएका छन् “RIDE WITH ME“ रणविर स्विट्जरल्याण्डको टुरिजम डिर्पाटमेन्टको ब्रान्ड अम्बेसडर पनि हुन् । रणवीरकोे आदर गर्दै स्विट्जरल्याण्डको पर्यटन विभागले यो रेल सुरु गरेको हो । उक्त रेलको नाम ‘रणवीर अन टूर’ राखिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस