• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

यस बर्षको ‘राष्ट्रिय स्रष्टा सम्मान’ कालीप्रसादलाई

  • 2018-05-31 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । गीतकार सघं नेपालले स्रष्टा सर्जकको उत्साह क्रियाशिलता र सम्मानको लागि हरेक बर्ष राष्ट्रिय स्रष्टा सम्मान को कार्यक्रम आयोजना गर्दै आईरहेको छ । हरेक वर्ष जस्तै यस बर्ष पनि छैटौँ ‘राष्ट्रिय स्रष्टा सम्मान ’,‘बर्ष गीत पुरस्कार ’,‘बर्ष गीत पुस्तक पुरस्कार’, ‘डायस्पोरा गीतकार सम्मान’ कार्यक्रम आयोजना हुने भएको छ । सघंले यस बर्ष अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान २०७४’ मा बरिष्ठ गीतकार श्री कालीप्रसाद रिजाललाईृ रु.१,००,००१।– नगद सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्ने भएको छ । संस्थामा आबद्ध सदस्यहस्ले वि.सं.२०७४ मा सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन आएका गीतहरु मध्येबाट छनौट समितिको सिफारिसमा बर्ष गीत प्रायोजनका लागि हाललाई उत्कृष्ट १० गीतहरु छनौट गरेका छन् ।


    बर्ष गीत पुरस्कार २०७४ को प्रयोजनका लागि छनौट भएका १० गीतहरु :
    १) अम्बिका गुरुङ –आँखा लाउछन्
    २) किरण के.सी.क्रोधी–कुनै दिन यी दृष्टि
    ३) गणेश श्रेष्ठ ‘अपेक्षा’ –आफू उभिएको
    ४) नूतन भूषाल – सुटुक्कै मनमा
    ५) प्रकाश के.सी. – रगत पनि
    ६) पवित्रा राई – अभिनय गर्दै
    ७) बसन्तराज राज अज्ञात–सपनीमा घरीघरी
    ८) डा.राजुबाबु श्रेष्ठ–सम्पति दिए
    ९) राजु थापा –भीरै माथि
    १०) सुमन बैरागी–प्रवासको पीडा

    छानीएका यी उत्कृष्ट १० गीतहरु मध्येबाट विशेषज्ञ समितिले चयन गरि एक सर्वोत्कृष्ट गीतलाई छैठौँ स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नै घोषणा गरी रु ५१ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । भने छनौट समितिको सिफारिसमा विदेशमा बसी नेपाली गीत लेखनमा सक्रिय रहेका गीतकारहरु मध्येबाट अमेरिका बस्ने गीतकार राखी गौचनलाई ‘डायस्पोरा गीतकार सम्मान –२०७४’ बाट रु ११,०००।– नगद सहित प्रमाणपत्र प्रदान गरिने छ ।

    यस्तैगरी बर्ष गीत पुस्तक पुरस्कार’प्रयोजनका लागी छनोट समितिले यस वर्ष निम्न लिखित पुस्तकहरु छनौट गरेका छन् :
    १)जानुका राई –आमा
    २)पूर्ण बहादुर साउद ‘शिरीष’ – गजलको धुन
    ३)सुमन श्रापित–भावनाको खेती
    सो मध्ये विज्ञ समितिले एक पुस्तकलाई रु ५१,०००।– नगद राशी सहित प्रमाणपत्र प्रदान गरिनेछ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073