युवराजबाट टाढाहुदै अनु (भिडियो)

फिल्मी फण्डा । सेन्टिमेन्टल गायकको रुपमा छवि बनाएका गायक तथा संगीतकार युवराज चौलागाईको नयाँ गीत किन टाढा भयौं सार्वजनिक भएको छ । गायक युवराजले आफ्नै नामको सामाजिक सञ्जाल युट्युबबाट गीत सार्वजनिक गरेको हो । युवराज चौलागाईकै स्वर र संगीतमा तयार पारिएको गीतले मायामा वियोग हुदाँको अवस्थालाई चित्रण गरिएको छ ।
सार्वजनिक भिडियोमा केही समय अघिमात्र नायक सविन श्रेष्ठसँग लुकेर विवाह गरेकी अनु शाह र युवराज स्वयम फिचरिङ भएका छन् । युवराजको जीबनबाट टाढा गईरहेको अनुलाई गीतमा प्रस्तुत गरिएको हो । पुजा शाहको शब्द रहेको गीतमा राजन ईशानको एरेन्ज रहेको छ । बिशाल भण्डारीले निर्देशन गरेको गीतको भिडियोलाई निशान घिमिरेले खिेचेका हुन् । युवराज नेपाली फिल्ममा चलेका गायक पनि हुन् । प्राय सेन्मिनेन्टल गीत गाउँन रुचाउने युवाराजको यो गीत पनि एक निरन्तरता को रुपमा रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस