सबिन श्रेष्ठको मुटु चोर्नेको होला ? ( गीत )

फिल्मी फण्डा । यहि असार १५ गते बाट देशभर रिलिज हुने फिल्म ए सोल्टीनीको गीत कस्ले होला सार्वजनिक भएको छ । फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट उक्त गीत रिलिज गरेका हुन् । गीतमा निमा लामा तामाङको शब्द तथा संगीत र सुवास नेपालीको स्वर रहेको छ ।
फिल्ममा निर्देशक निमा लामा तामाङको लेखन तथा निर्देशन, विश्वास भण्डारीको छाँयाङ्कन तथा सम्पादन रहेको छ । फिल्मका निर्माता दिल कुमार घालान हुन् जिम्बा फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयानन्द लामा, गंगा राणा मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस