ए सोल्टिनी असार १५ मा आउने

फिल्मी फण्डा । फिल्म ए सोल्टिनीको रिलिज मिती फिक्स भएको छ । फिल्म असार १५ गतेबाट प्रर्दशन हुने भएको छ । फिल्मलाई निर्देशक निमा लामा तामाङले निर्देशन गरेका हुन् । उनले तामाङ भाषाका भण्डै एक दर्जन फिल्महरु निर्देशन गरिसकेका छन् । ए सोल्टिनी उनको पहिलो नेपाली फिल्म हो । जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस फिल्ममा राज गोलेको द्वन्द्ध, अभि लामाको कोरियोग्राफी, बिश्वास भण्डारीको छायांकन तथा सम्पादन, र सोमलाल बाइवा र बिनय केटुको संगीत रहेको छ ।
फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ,ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई दिलकुमार घलान तामाङले निर्माण गरेका हुन् । पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ए सोल्टिनीको बितरण आर आर फिल्मले गर्दैछ । कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट फिल्ममा सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस