• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

वीराङ्गनाको पोष्टरमा फरक रुप

  • 2018-06-05 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । यही असार २९ मा देशभर रिलिज हुने फिल्म वीराङ्गनाको चार पोष्टर सार्वजनिक गरिएको छ । लभस्टोरी एकशन वीराङ्गनाको पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा पनि प्रस्तुत गरिएको छ । फिल्मको प्रचार शुरुसँगै फिल्मले गीत, पोष्टर लगायतका प्रचार सामाग्रीहरु सार्वजनिक गरिरहेका छन् ।


    एक्शन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरि लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।

    फिल्ममा शिल्पा, अनुप र पृथ्वीराज को अलवा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ । फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् ।


    निर्देशक राज शहादुर सानेले सिमाना क्षेत्र र अपराध नियन्त्रणमा शसस्त्र प्रहरीले पु¥याएको योगदान र महिला शसस्त्र प्रहरीको विरताको वारेमा फिल्मले बोलेको बताईएको छ । एक्शन सँगै लभस्टोरी र संगीतको पनि मिश्रण फिल्ममा रहेको उनले बताईएको हो । यस्तै नायक अनुप विक्रम शाहीले शसस्त्र प्रहरीको योगदान माथी बनेको फिल्म भएकोले त्यहि भित्रको एउटा पात्रको भुमिका निर्वाह गरेको बताएका छन् ।

    नारी शसस्त्र प्रहरीसँगको सहकार्यलाई मैले राम्रो तरिकाले फिल्ममा प्रस्तुत गर्ने प्रयास गरेको छु– अनुपले भनेका छन् । यता नायिका शिल्पा पोखरेलले नारी प्रदान र सामाजिक फिल्महरु मन पर्ने र त्यसै कारण पनि विराङ्गाना आफ्नो लागि विशेष भएको बताईन् । पहिलेकै जस्तै एक्शन, लभ र गीतमा दर्शकले शिल्पालाई पाउँनेछन् । शिल्पा सँगै बाँदर र घोडाको कलात्मक कलाले अझ दर्शकलाई मनोरञ्जन बढि दिने बताईएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073