छक्का पञ्जा–३ पुष्पलाई नपच्ने फिल्म ?

फिल्मी फण्डा । फिल्म मंगलम बाट पपुलर च्वाईस अवार्ड समेत हात परेका नायक हुन् पुष्प खड्का । पुष्प अभिनयमा अझै अभ्यासरत छन् । दर्शकहरुको आँखामा पर्न सफल पुष्प फिल्म क्षेत्रमा संभावना बोकेको कलाकार पनि हुन् । छक्का पञ्जा ब्राण्डले आफ्नो तेश्रो संस्करणमा पुष्पलाई अतिथी कलाकारको रुपमा भित्राउनु पनि सायद मंगलम कै कारण हुन सक्छ ।
५ देखी १० सिनको अतिथी कलाकारको रुपमा पुष्पलाई राख्ने सहमती भएपछि संञ्चार माध्यमहरुमा समाचार बाहिरियो । फिल्मको शुभमुर्हत देखी सुटिङ शुरु भयो । तर छक्का पञ्जा ३ का सम्बन्धित पक्षले पुष्पलाई पूर्ण जानकारी गराईएको थिएन । बीचमा कुनै बेला सुटिङ पर्न सक्ने मूख्य सहायका निर्देशकले पुष्पलाई बताईएको बुझिएको छ । तर नायक पुष्पले पटक पटक निर्देशक दिपा श्री निरौलालाई सम्पर्क गर्दा सम्पर्कमा नआएको पुष्पको दावी छ । पछि पुष्पले आफ्नो भागको सिनको जानकारीको लागि आफ्नो सिन पठाउन अनुरोध गरेका थिए । पछि त्यो पनि निर्माण पक्षले पुष्पलाई उपलब्ध गराईएको थिएन । फिल्मका निर्माता र निर्देशक दिपा श्री निरौला र दिपकराज गिरीसँग कुरा पनि हुन पाएको थिएन ।
यसरी बेखबर अतिथी कलाकारको भुमिका निर्वाह गर्न पुष्पललाई कठिन भएपछि उनले मूख्य सहायक निर्देशकलाई नै यो पटक असमर्थ भयौं अर्को अर्को पटक मौका मिले गरौला भनेका थिए । वास्तवमा आफ्नो सिनको वारेमा जानकारी नपाएको र अतिथी कलाकार त्यो पनि कमेडी फिल्ममा भएकोले मलाई अप्ठेरो लाग्यो अन्तत फिल्म छोड्न बाध्य भयौं पुष्पले फिल्मी फण्डालाई बताए । सायद मलाई कमेडी फिल्म नजुरेको पनि हुन सक्छ । पुष्पलका अनुसार कतै पुष्पललाई कमेडी फिल्म नपचेको पो हो की ।
समाचार माध्यममा आएको जस्तै दिपक दिपाको कुरा पुष्पसँग नभएको बुझिएको छ । पुष्पल फिल्ममा नरहने बितीकै संजोग कोईराला पाँच सिने अतिथी कलाकारको रुपमा रहने खबर बाहिरिएको छ । यस विषयमा हामीले दिपकराज गिरीसँग बुझ्दा उनले अतिथी कलाकारले फिल्मको स्क्रिप्ट मागेको र ५/७ सिनको लागि स्क्रिप्ट दिन नसक्ने भनेका थियौं । शुरुमा सहमति हुँदा पुष्पले केही प्रश्न गरेका थिएनन् । पछि सुटिङको बेला लगातार प्रश्न गर्दा कुरा बाझिएको हो । उनले असमर्थ रह्यौ भने हामीले हुन्छ भन्यौं त्यसको ठाउँमा संजोग कोईरालाई तय गर्यौं –दिपकले भने ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस