‘चि मुसी चि’को पोस्टरमा कलाकारहरुको स्टनिङ लुक

फिल्मी फण्डा । फिल्म ‘चि मुसी चि’को पोस्टर सार्वजनिक भएको छ । उक्त पोष्टरलाई टौवा क्रियशनले तयार पारेको हो । यही श्रावण ११ गते रिलिज हुने उक्त पोष्टरमा फिल्मका मुख्य तीन कलाकारहरु फिर्चड छन् । म्यूजिकल थ्रिलर जनरामा निर्माण भएको यस फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
दिनेश श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, र सुरज अधिकारीको संगीत रहेको छ । अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेको यस फिल्मका निर्माता अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल र डब बहादुर गुरुङ हुन् भने फिल्मको कार्यकारी निर्माता शिवराज कार्की हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस