कस्तो नाम ‘दाल भात तरकारी’ ?

फिली फण्डा । हास्य कलाकार किरण केसी सहितको टिमले निर्माण गरेको फिल्म शत्रुगते व्यवसायिक रुपमा सफल भयो । कमेडी जनरामा कलाकारहरुको बहुल्यता रहेको फिल्म भएको कारण फिल्मले उचाई पनि पायो । फिल्म अहिले पनि केही हलहरुमा रिलिज भईरहेको छ । उनै किरण केसीले आफ्नो जन्म दिनको अवसर पारेर फिल्म दाल भात तरकारी निर्माण गर्ने घोषणा गरेका छन् । नेपाली फिल्मलाई एउटा आरोप लाग्ने गरेको छ । नेपाली फिल्म निर्माताहरुले नाम नै चयन गर्न जादैनन् । यस्तै लाग्छ झट्ट सुन्दा दाल भात तरकारी । फिल्मको नाम यस्तो रहँदा कमेडी भन्ने त पक्कै बुझिन्छ नै तर यस्तो नाम नै कमेडी फिल्मको लागि चयन गर्नु नेपाली फिल्मको स्तर र दर्शकप्रतिको चाह नबुझ्नु पनि हो की ?
‘दाल भात तरकारी’ लाई किरण केसीका छोरा सुदनले निर्देशन गर्नेछन् । फिल्मको छायांकन भदौबाट सुरु हुने बताएका छन् । ‘दाल भात तरकारी’ लाई पनि मह सञ्चारको ब्यानरमा किरण केसीले निर्माण गर्नेछन् । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला लगायतका केही कलाकार फिल्ममा अनुबन्ध भइसकेका छन् ।
किरण केसीको आफ्नो जन्मदिनमा कलाकारिता र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै कलाकार सन्तोष पन्त र पत्रकार विदुर गिरीलाई सम्मान गरिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस