आकाश र आश्मा एकअर्काको मायामा हराँउदै ( गीत )

फिल्मी फन्डा । ‘ड्रिम गर्ल’को पहिलो गीत तिम्रो मायामा सार्वजनिक भएको छ । गीतको भिडीयोमा आकाश र आश्मालाई रोमान्टिक मुडमा देखिएको छ । उक्त गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर, अर्जुन पोखरेलको संगीत, अम्बिका शर्माको शब्द र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । असोज १९ गते दर्शकमाझ आउने यस फिल्मलाई निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा सम्राट बस्नेटको द्वन्द्ध निर्देशन र राहुल राई र रामेश्वर हुमागाईंको छायांकन रहेको छ ।
प्रेमकथानक फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी,सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कालकारहरुको अभिनय रहेको छ । आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्ममा नवीन निरौलाको सम्पादन रहेको छ । फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस