ईटहरीमा प्रदिप र छविराजले बनाए फिल्म हल

फिल्मी फण्डा । सुनसरी जिल्लाको मूख्य शहर ईटहरीमा सुविधा सम्पन्न फिल्म हल निर्माण गरिएको छ । चलचित्र संघका अध्यक्ष तथा फिल्म वितरक, निर्माता प्रदिप कुमार उदय र अर्का फिल्म निर्माता छविराज ओझाले संयुक्त रुपमा हल निर्माण गरेका हुन् । दुई वटा पर्दा सहितको हलमा अत्याधुनिक प्रविधी जडान गरिएको बताईएको छ ।
‘एलाईट सिनेमा’ नाम दिईएको हलमा हाल स्थानीयलाई परिक्षण प्रदर्शनको रुपमा नेपाली फिल्महरु देखाउने गरेको बुझिएको छ । यस्तै उक्त फिल्म हलको असार १ गते औपचारिक उद्घाटन गरिने पनि प्रदिप कुमार उदयले बताएका छन् ।
पछिल्लो समय दर्शकहरुले मल्टिप्लेक्स अनुसारको फिल्म हल रोज्ने र फिल्म हेर्न ईच्छुक दर्शकहरुको लागि राम्रो हल अभाव भईरहँदा ‘एलाईट सिनेमा’ निर्माण गरिएको हो । २ ओटा पर्दा रहेको हलमा पहिलो पर्दामा २०८ जनाको सिट क्षमता छ भने दोश्रो पर्दामा १४४ जनाको सिट क्षमता रहेको छ । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित फोल्डिंग सिस्टम भएको आरामदायी सिट राखिएको छ । हलमा नेपालि फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० मात्र टिकट दर राखिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस