‘फेसन नोभा २०१८ः सिजन–७’ फेसन शो उत्रिए कलाकारहरु ( फोटोमा हेर्नुहोस् )

फिल्मी फण्डा । द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले अन्नपूर्ण होटलमा ‘फेसन नोभा २०१८ः सिजन–७’ शीर्षकको फेसन शो आयोजना गरिएको थियो । उक्त फेसन शोमा डिजाइनरहरु निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले तयार पारेका पहिरनहरुको प्रदर्शन गरिएको थियो ।
डिजाइनरहरुले फेसन शोका लागि विभिन्न सात वटा थिममा विशेष डिजाइन तयार पारेका थिए । जस अन्तर्गत ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिष्टिक, ब्राइडल तथा कक्टेल वेयर सिक्वेन्समा विभिन्न पहिरनहरु प्रदर्शन गरिएका हुन् । फेसन शोमा मोडल तथा अभिनेत्री रेनुका सिंह ठकुरी, अभिनेता पृथ्वीराज प्रसाईं, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेत्री रक्षा श्रेष्ठ, मोडल निलम चन्द तथा बाल कलाकार कुशाग्र भट्टराईले क्याटवाक गरेका थिए ।
उनीहरुलाई डेढ दर्जन व्यवसायिक मोडलहरुले क्याटवाकमा साथ दिएका थिए । फेसन शोमा पहिलो मिस नेपाल रुवी राणा शाह शो–स्टपर्सको रुपमा प्रस्तुत भएकी थिइन् । जेनिफर बज्रँचार्यद्वारा संयोजन गरिएको उक्त फेसन शोलाई मोडल तथा कोरियोग्राफर विपना थापाले कोरियोग्राफी गरेकी हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस