युकेको धिरजसँग साम्राज्ञीको प्रेम छल्किएपछि (टिजर)

फिल्मी फण्डा । आउँदो असोज ५ बाट देशभर रिलिज हुने फिल्म इन्टुमिन्टु लन्डनमा को टिजर सार्वजनिक भएको छ । उक्त टिजरमा साम्रज्ञी र धिरजको गहिरो देखाईएको छ । साम्राज्ञीले आफ्नो पाँचौं फिल्म ईन्टुमिन्टु लण्डनमा मा युकेका धिरज मगर सँग रोमान्स गरेकी हुन् । फिल्म युनिटले काठमाडौंको कुमारी हलमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरेका हुन् । फिल्ममा विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।
लभस्टोरी जनराको उक्त फिल्मलाई रेनसा बान्तवा राईले पहिलो पटक निर्देशन गरेकी हुन् । रेनाशा फिल्म ईन्टुमिन्टु लण्डनमा बाट कोरियाग्राफरसँगै निर्देशक बनेकी हुन् । फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छाँयाङ्कन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । फिल्मका निर्माता प्रज्वल शमशेर जंगशहादुर राणा हुन् । सुस्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ्ग फिल्मका सह निर्माता हुन् । आई कोरको ब्यानरमा निर्माण भएको फिल्ममा साम्रज्ञी राज्य लक्ष्मी शाह, धिरज मगर, शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
टिजर :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस