स्वस्तिमाको बोली र चोलीले सलोनमा जादू चलाएपछि ( गीत )

फिल्मी फण्डा । दशैंको छेको पारी रिलिज हुने फिल्म जय भोलेको पहिलो गीत उम्लियो भने पोखिन्छ सार्वजनिक भएको छ । फिल्म युनिटले कुमारी हलमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ लगायतका सम्पूर्ण कलाकारहरुलाई डान्सिङ मुडमा देख्न सकिन्छ । गीतमा राजन राज सिवाकोटीको संगीत, राजन राज सिवाकोटी र मेलिना राईको स्वर, र बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
कमेडी लब जनराको फिल्ममा निर्देशक अशोक शर्माको निर्देशन , पुरुषोत्तम प्रधानको छायांकन र राजु ढुङ्गानाको सम्पादन रहेको छ । फिल्मका निर्माता किरण शर्मा, अकिंत शर्मा र कृति शर्मा हुन् । फिल्ममा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस