फिल्म लिलीबिलीले गर्यो ५१ दिन पार, यसरी गरियो सेलिब्रेसन ( भिडीयो )

फिल्मी फण्डा । लिलीबिली टिमले फिल्मले ५१ दिन पार गरेकोमा काठमाडौंकोvदरबारमार्गमा एक सेलिब्रेसन पार्टी आयोजना गर्दै केक काटेर आफ्नो खुशी साटेका छन् । फिल्मले अष्टनारयण, गुण सिनेमा, गोपीकृष्ण र बाराही हलमा ५१ दिन पार गरेको हो । लिलीबिली टिमको मनमुटावको कारण फिल्म वृत्तमा एक प्रकारको गर्माहत पैदा गरेको थियो यो कुरा सेलाउन नपाँउदै ५१ दिनको सेलिब्रेसन पार्टीमा यी सबै टिम एकसाथ देखिएको थियो ।
उक्त सेलिब्रेसन पार्टी फिल्मको नायिका जसिता गुरुङ भने उपस्थित थिईनन् । लण्डनमा छायांकन गरेको फिल्म लिलिबिलीमा प्रदिप र जसिताको साथमा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतको मूख्य भुमिका रहेको छ ।
चाम्स इन्टरटेनमेन्ट, गोविन्द शाहीको काफिया फिल्मस् र सुदीप खड्काको टाइम्स इन्टरटेनमेन्टले संयुक्त रुपमा लिलिबिली निर्माण गरेका हुन् । गोविन्द शाही र सुदिप खड्का फिल्मका निर्माता हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस