लब स्टेशन लिएर फागुणमा आउदैँ प्रदिप

फिल्मी फण्डा । फिल्म लब सटेशनको अफिसियल घोषणा भएको छ । फिल्म युनिटले काठमाडौंको दरबारमार्गस्थित होटल वुडल्यान्डमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको अफिसियल घोषणा गरेका हुन् । उक्त प्रोग्रममा लब स्टेशनसँगै फिल्म लिलीबिलीको गरिमामय ५१ दिनको सेलिब्रेसन पनि गरिएको थियो ।
लब स्टेशनको मुख्य कलाकारमा नायक प्रदिप खड्का फाईनल भईसकेका छन् भने फिल्मको लागि नायिका भने फिक्स भएको छैन । फिल्मलाई उज्वल घिमिरेले निर्देशन गर्ने भएको छ । काफिया फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म अशोज देखि फ्लोरमा जाने भएको छ भने फिल्म फागुण २४ गते प्रर्दशन हुने भएको छ । फिल्मका निर्माता गोविन्द शाही, उज्जल घिमिरे र क्रिशु शाही काफिया हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस