नायिका लुकाँउदै फिल्म ’मायाङ्क’ घोषणा

फिल्मी फण्डा । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली फिल्म ’मायाङ्क’ घोषणा गरिएको छ । प्रेमकथामा बन्ने यस फिल्ममा प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगी लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा अर्को एकजना नायिका पनि मुख्य भूमिकामा रहने निर्माण टिमले बताएका छन् । तर निर्माण पक्षले उक्त रोलमा को रहने भन्ने कुरा भने खुलाएका छैनन् ।
उक्त नायिकाको बारेमा बोल्दै टिमले कथाको मागअनुसार अर्की नायिकाको नाम खुलाउन नमिलेको बताएका छन् । रोमी मानन्धरको डेब्यू निर्देशनमा बन्ने यस फिल्ममा एउटा मिठो प्रेम कहानी रहने बताईन् । जितेन्द्र खतिवडा निर्माता रहेको उक्त फिल्म भदौको पहिलो साताबाट नै छायांकनमा गई माघमा रिलिज हुने निर्माण टिमले बताए ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस