मनिषा भईन् ‘मिसेस् नेपाल युनिभर्स २०१८’

फिल्मी फण्डा । फिलिपिन्सको मनिलामा आयोजना हुने ‘मिसेस् नेपाल युनिभर्स २०१८’मा नेपालको प्रतिनिधित्व मनिषा डंगोल श्रेष्ठले गर्ने भएकी छन् । ई प्लानेट प्रा.लिले मनिषालाई सोमबार राजधानीमा एक कार्यक्रमका बिच ‘मिसेस् नेपाल युनिभर्स २०१८’को ताज पहिर्याउँदै ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने प्रतिनिधिको रुपमा सार्वजनिक गरेको हो ।
कार्यक्रममा पुर्व मिसेस् नेपाल दीपा शाही राणा, लिटिल मिस वल्र्ड युनिभर्स विशेषता बुढाथोकीले मनिषालाई मिसेस् नेपाल युनिभर्स २०१८ को ताज पहिराइएकी थिईन् । यसअघि ई प्लानेटले २०१३ मा मिना घिमिरे, २०१४मा रजनी थापा र २०१६ मा पद्मिनी झालाई यस प्रतियोगितामा पठाएको थियो । मनिषा दुई सन्तानकी आमा हुन् ।
आफूलाई फिलान्थ्रोपिष्ट भन्न रुचाउने उनी विगत एकदशक देखि महिला सशक्तिकरण र फेसनसँग सम्बन्धित रहँदै आएकी छन् । फेसन हाउसको क्रिएटिभ हेड एवं निर्देशक ,नेप्लीज् युथ क्लबकी संस्थापक अध्यक्ष, पासा पुचः गुठी युके उपाध्यक्ष रहेकी उनी लन्डन फेसन हाउसको ब्यानरमा मिसेस् नेपाल युके, मिस टिन नेपाल युके तथा मिस लिटिल नेपाल युकेको आयोजना गर्दै आएकी छिन् । एनआरएनए युकेको पहिलो युथ कोअर्डिनेटर समेत रहिसकेकी उनी एनआरएनएमा विभिन्न रुपमा सक्रिय रहँदै आएकी छिन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस