प्रकाश र सावित्रीको नयाँ तीजको गीत सार्वजनिक गीत )

फिल्मी फण्डा । तीज आउन केही महिना बाँकी हुँदै गर्दा तीजको गीतहरु बजारमा आउन थालेको छ । यस्तैमा गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीको स्वरमा नयाँ तीज गीत पातली सार्वजनिक भएको छ । गीतमा आफनो प्रेमीको यादमा गायिकाले आफना प्रेमीको प्रशंसा गरेका छन ।
प्रकाश ढकालको शब्द तथा संगीतमा गीत तयार पारिएको छ । भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ । गीतको भिडीयोमा काजिश श्रेष्ठ, अन्जली अधिकारी , सरापे , प्रकाश खरेल , अस्मिता गौत्तमको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस