पूर्व बोर्ड अध्यक्ष राई श्रीमतिको फण्डामा

फिल्मी फण्डा । चलचित्रि विकास बोर्डका पूर्व अध्यक्ष राज कुमार राईको चर्तिकलाको वारेमा यतिखेर फिल्मकर्मी मात्र नभई आम नागरिक समेत जानकार छन् । फिल्मकर्मीहरुमा राईको वारेमा चर्चा परिचर्चा हुदै गर्दा थप समाचाहरु समेत बाहिरिएका छन् । राईलाई उनकी श्रीमतीले कार्यकक्षमै अर्को यूवतीसँग रंगीन रसलिलामा बसिरहेको बेला रङ्गेहात पक्रेका हुन् । त्यसपछि राईकी पत्नी अपूर्वा र अर्की यूवतीबीच कपाल लुछालुछ मात्र भएन राईको टाउँकोमा ८ टाका समेत लागेको छ ।
राई आफ्नो धोवीधारा गल्लीको कार्यकक्षमा रहेको कोठामा अन्य यूवतीसँग रमाउँदै गरेको सुराकी मिलेपछि उनकी पत्नी पुगेकी थिईन् । त्यसपछि राईको टाउँको फुटाउने कार्य शुरु भएको स्रोतले बताईएको छ । यसअघि पनि यस्तो हर्कतको चर्चा चलेको थियो । फिल्म क्षेत्रमै नव प्रेवशी एक मोडललाई राईले बोर्ड अध्यक्ष भएकै बेलामा स्वार्थ देखाउँदै शारिरीक सम्बन्धको लागि दवाव दिएको समेत स्रोतले बताईएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस