टिनएज अब श्रावण २५

फिल्मी फण्डा । दिनेश पाख्रिङ निर्देशित फिल्म टिनएजको नयाँ रिलिज मिती तय भएको छ । यस भन्द अघि असोज २७ गते रिलिज हुने भनिएको यस फिल्म अब भने श्रावण २५ गते रिलिज हुने भएको छ । फिल्ममा स्व बसन्त जंग रायमाझिको कथा, सुमन उप्रेतिको पटकथा संबाद, डा कृष्णहरी बराल , हरी उप्रेती र सबिना केसिको गीत रचना, बिकाश चौधरी र बसन्त सापकोटाको संगीत रहेको छ ।
फिल्ममा एन्जिला खड्गी, नरेश बिर सिं, सरोज शाह, प्रतिक्षा खड्का, कृष्ण सिवाकोटी, अजय खड्का, सरिता राजउपाध्याय, निर्मल स्याङतान, माया मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ । बिरु मगर , चिनिमाया वाइवा , देबिका खड्का र निर्मल स्याङतानको लगानी रहेको फिल्मलाई बासु न्यौपानेले खिचेका हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस