‘द अग्ली डकलिङ’ अब पोखरामा

फिल्मी फण्डा । नाटक ‘द अग्ली डकलिङ’ ( कुरुप हाँस ) पोखरामा मञ्चन हुँदैछ। नाटकलाई कलाकार नाजिर हुसेनले परिकल्पना एवं निर्देशन गरेका हुन् । डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको कथा द अग्ली डकलिङ’ कथामा आधारित नाटक यसअघि वैशाख २८ गतेदेखि जेठको २० गतेसम्म काठमाडौंस्थित मण्डला नाटक घरमा मञ्चन भएको थियो।
घरबाट गाउँ हुँदै सुन्दर तलाउको किनारमा पुगेर कालो रङमै आफ्नो सुन्दरता भेट्ने कुरुप हाँसको कथामा आधारित यस कथालाई निर्देशकले कन्टेम्पररी डान्स फर्मको प्रयोग गरेका छन्। यो नाटक महेन्द्रपुल गैह्रापाटनस्थित पोखरा थिएटरको गन्दर्भ नाटकघरमा नाटक मञ्चन हुनेछ। नाटकमा कलाकारहरु नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजयाकार्कीको अभिनय रहेको छ।
असार १ गतेदेखि ३ गतेसम्म दिउसो १ बजे र साँझ ५:३० बजे मञ्चन हुने यस नाटकलाई अनुप न्यौपानेले मञ्च व्यवस्थापन गरेका छन् भने प्रकाश सुदिप खतिवडाले र संगीत मिलन कार्कीले व्यवस्थापन गर्नेछन्। नाटक हेर्नकालागि टिकट दर विद्यार्थीका लागि २००, जेनेरल ५०० र १००० रुपैयाँ रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस