विजय घिमिरेको ‘याद’ सार्वजनिक (गीत)

फिल्मी फण्डा । भिडियो गीत ‘याद’ सार्वजनिक गरिएको छ । आइसल्याण्डमा पहिलो पटक खिचिएको नेपाली म्युजीक भिडीयोमा त्यहाँका सुन्दर दृश्यलाई आकर्षक तरिकाले कैद गरिएको छ । उक्त स्थानमा बलिउड चलचित्र दिलवालेको एक गीत ‘गेरुवा’ खिचिएको थियो । जुन गीतमा विजय घिमिरे (भिजे) र जनक राईको स्वर सुन्न सकिन्छ । भने गीतमा शब्द र संगीत गायक भिजेकै रहेको छ ।
लामो समय देखि लन्डनमा बस्दै आएका भिजे लामो समय देखि गीत संगीतमा सक्रिय छन् । गीत लेखन निर्देशन र संगीत गर्दै आइरहेका उनि कभर गीतहरु बाट बिशेस लोकप्रिय भएका हुन् । जनक राईलेनै निर्देशन गरेको म्युजीक भिडीयोमा ड्रोन अपरेटरको रुपमा अर्तुर पलाता र योसेफ बिवाल्डले काम गरेका छन । भिडीयोलाई डाइमण्ड स्टुडीयोले तयार पारेको हो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस