बाबु कान्छाको टाइटल गीतमा सलोन र करिश्माको प्रेम ( गीत सहित )

फिल्मी फण्डा । फिल्म बाबु कान्छाको टाइटल गीत सार्वजनिक भएको छ । फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट उक्त गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा सलोन र करीश्माको प्रेम देख्न सकिन्छ । गीतमा टंक बुढाथोकीको शब्द तथा संगीत, शम्भुजित बास्कोटाको स्वर रहेको छ ।
शोभित बस्नेत आफैले निर्देशन गरेको फिल्ममा दिपेन्द्र तिमिलसिनाको कोरियोग्रफी रहेको छ भने अष्ट मर्हजनको द्वन्द्घ रहेको छ । फिल्म असार २९ गतेबाट अल नेपाल रिलिज हुदैँछ । सलोन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सलोन बस्नेत सगैँ करिश्मा श्रेष्ठ, रोहित श्रेष्ठ निर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट साप्कोटा, गीता अधिकारी, लय संग्रौला, मन्जु पौडेल, सुसान्त कुमार श्रेष्ठ, ज्योत्सना मर्हजन, अस्लिन ज्ञवाली आदि रहेका छन् । फिल्मका कार्यकारी निर्माता पत्रकार रवी अधिकारी हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस