विरङ्गनालाई शनिबार दर्शकको साथ

फिल्मी फण्डा । गत शुक्रबार प्रर्दशनमा आएको फिल्म विरङ्गनाले दर्शकको राम्रो साथ पाएको छ । शिल्पा पोखरेल, पृथ्वी राज प्रसाई र अनुप विक्रम शाही अभिनित फिल्म विरङ्गनाले शनिबार सिगंल थिएटरको हलहरु अधिकांश हाउसफुल गरेको थियो । मल्टिप्लेक्समा फिल्म उत्रिए पनि सिगंल थिएटरमा भने फिल्मले दर्शकको राम्रो साथ पाएको छ ।
‘राज बहादुर साने निर्देशित फिल्मले कति कलेक्सन गर्यो भन्ने जानकारी फिल्म युनिटले एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गर्ने भएको छ । राजधानी र राजधानी बाहिर गरेर ७० वटा भन्दा बढी हलहरुमा फिल्मले दर्शकको राम्रो साथ मिल्दै गरेको वितरक गोपाल काजी कायस्थले बताएका छन् । एक्शन जनराको नारी प्रदान फिल्ममा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ ।
बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट फिल्मका निर्माता हुन् भने सुमि चाम्लिङ राई फिल्मको सह निर्माता हुन् । र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको फिल्ममा शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस