देशभर कन्सर्ट गर्दै बोबी टिम

फिल्मी फण्डा । फिल्म ‘बोबी’ प्रचार प्रसारको क्रममा देशभर कन्सर्ट गर्ने भएको छ । बोबी लाइभ कन्सर्ट ( नेपाल टुर नाम दिइएको कन्सर्ट १८ गते पोखरा ( सभागृह मिडटाउन ), १९ गते चितवन ( नारायणी रिभर साइड ) , २० गते हेटौडा ( बुद्ध चोक ), २१ इटहरी ( इटहरी मल आइ सिनेमा ), २१ गते धरान ( बसपार्क ), २२ गते दमक ( गोकर्ण डिपार्टमेन्ट ), २२ गते बिर्तामोड ( हनुमान कम्प्लेक्स ) हुँदै फिल्म युनिट राजधानी फर्कने छ । त्यसपछि २५ गते काठमाडौँको बिजी मल, २५ गते नै ललितपुरको लगनखेलमा कन्सर्ट गर्दै २६ गते किर्तिपुर र भक्तपुरको सुर्यविनायकमा पुगेर टुर समाप्त हुनेछ ।
सत्यकथामा आधारित फिल्ममा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन, ताराप्रकाश लिम्बुको संगीत र मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको छ । टुरमा चर्चित गायक राजेशपायल राई, टिभी सिरियल भद्रगोल टिमबाट कक्रोज र बलेका साथ कलाकार र विमान चालक विजय लामा, गायक ताराप्रकाश लिम्बु, गायिका दीपा लामा र ुबोबीुका मुख्य पात्र कविता गुरुङ र उमेश थापा सहभागी हुनेछ ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मको रिलिज डेट भने फिक्स भएको छैन । फिल्ममा कविता गुरुङ र उमेश थापाको अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस