छक्का पञ्जा ३ को पहिलो गीतको छायाँकन समाप्त ( फोटो फिचर )

फिल्मी फण्डा । छक्का पञ्जा ३ को गीतको छायाँकन सकिएको छ । एक दर्जन कलाकार नाचेको गीतको छायाँकन एक साता लगाएर शनिबार सकिएको निर्देशक दिपाश्री निरौलाले बताइन् । पहिलो नम्वरमा बोलको गीतमा कविराज गहतराजको कोरियोग्राफी, दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द, र डेभिड शंकर र विन्दु परियारको स्वर रहेको छ ।
पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठको छायांकन रहेको उक्त गीत यही साउनको दोश्रो सातामा सार्वजनिक हुँदैछ । दशैँमा रिलिज हुने फिल्मको उक्त गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्दि तामांग, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा र संजोग कोइरालाले कम्मर मर्काएका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस