चितवन प्लस टु अफ द ईयर २०१८ को असार २३ बाट

फिल्मी फण्डा । टप वान मिडिया प्रालि चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको प्रायोजनमा चितवन प्लस टु अफ द ईयर २०१८ को पहिलो अडिसन असार ९ गते शनिबार सम्पन्न भएको छ । यस्तै दोश्रो अडिसन असार २३ गते शनिबार हुने भएको छ । चितवनको होटल मनास्लु पुल्चोक नारायणगडमा बिहान ११ बजे देखि सुरु हुने यस सौन्दर्य प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको टप वान मिडिया प्रालिको प्रबन्ध निर्देशक रब्स सापकोटा बताउँछन ।
प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष माथिका र १ं२ अध्यन गर्दै गरेका र १२ दिएर पास गरेर बसेका बिधार्थीहरुले भाग लिन सक्नेछन् । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक टिमले गराएका छन्।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस