हलमा चार फिल्म, विराङ्गना र बाबु कान्छामा आशा

फिल्मी फण्डा । आज शुक्रबारबाट हलहरुमा चार फिल्म एकसाथ प्रर्दशनमा आएको छ । आजबाट फिल्म विराङ्गना, यो पागल मन, बोबी र बाबु कान्छा एकसाथ प्रर्दशनमा आएको हो । यस फिल्महरु मध्ये विराङ्गना र बाबु कान्छा भने आशा लाग्दो देखिएको छ । नेपाली सिने वृत्तमा एकसाथ फिल्महरु जुध्नु कुनै ठूलो कुरा भने होइन तर एकसाथ धेरै फिल्महरु चल्दा यसले कसलाई र कुन फिल्म फाइदा गर्ला भन्ने हो ।
एक्शन जनराको नारी प्रदान फिल्म विराङ्गनामा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट रहेको फिल्म बोबी पनि आज शुक्रबारबाट प्रर्दशनमा आएको छ । फिल्ममा नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन, ताराप्रकाश लिम्बुको संगीत र मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कविता गुरुङ र उमेश थापाको अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यस्तै लब, बिछोड र एक्सन जनरा फिल्ममा सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद, राजु किरांतको द्वन्द निर्देशन, कमल राइको कोरियोग्राफी, भोमन कटुवालको मुख्य सहायक निर्देशन, अनिल गौतमको सम्पादन, शम्भु सापकोटाको छायांकन र अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्ममा बिनोद न्यौपाने,रिचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवर लगायतका कलाकारहरुको अभिनय रहेको छ । कल्याण अधिकारी निर्देशन गरेको फिल्मको निर्माता बिरेन्द्र कुमार यादब र कल्याण हुन् ।
आज शुक्रबारबाट फिल्म बाबु कान्छा पनि रिलिज भएको छ । शोभित बस्नेत आफैले निर्देशन गरेको फिल्ममा दिपेन्द्र तिमिलसिनाको कोरियोग्रफी रहेको छ भने अष्ट मर्हजनको द्वन्द्घ रहेको छ । सलोन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सलोन बस्नेत सगैँ करिश्मा श्रेष्ठ, रोहित श्रेष्ठ निर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट साप्कोटा, गीता अधिकारी, लय संग्रौला, मन्जु पौडेल, सुसान्त कुमार श्रेष्ठ, ज्योत्सना मर्हजन, अस्लिन ज्ञवाली आदि रहेका छन् । फिल्मका कार्यकारी निर्माता पत्रकार रवी अधिकारी हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस